संसारभरि कोरोनाभाइरसको प्रकोप बढिरहँदा कमजोर रोगप्रतिरोधक क्षमता भएकाहरूले यसको शिकार छिट्टो हुने देखिएको छ ।
पोषणविद्हरूले तीन प्रकारका भिटामिनले मानिसको इम्युन सिंस्टमलाई बूस्ट गर्न सक्ने र सबै किसिमका रोगबाट बच्न सकिने बताएका छन् ।
भिटामिन सी
भिटामिन सी इम्युन सिस्टमलाई राम्रो राख्ने महत्त्वपूर्ण स्रोत हो । भिटामिन सीका लागि केही कुराहरू आहारामा पार्नु जरूरी छ ।
सुन्तला, मौसम, स्ट्रबेरी, भेडेखुर्सानी, पालुंगो र बुर्काउलीमा भिटामिन सी प्रशस्त पाइन्छ । दिनदिनैको आहारामा यी खानेकुरा अवश्य पार्नुहोला । ड्रागन फ्रुटमा पनि व्यापक मात्रामा भिटामिन सी पाइन्छ ।
भिटामिन बी–६
इम्युन सिस्टमलाई राम्रो बनाउन भिटामिन बी–६ पनि आवश्यक छ । यसका लागि चिकन, अण्डा, माछा आवश्यक हुन्छ । अनि चिसो पानी पनि भिटामिन बी–६ पनि राम्रो स्रोत छ ।
शाकाहारीहरूका लागि सोयाबीन, चना, दूध र आलुमा भिटामिन बी–६ उपलब्ध हुन्छ । हरियो सागपातमा पनि यो भिटामिन हुन्छ ।
भिटामिन ई
शरीरबाट रोगलाई टाढा राख्न पनि भिटामिन ई आवश्यक हुन्छ । त्यसमा भएको एन्टीअक्सिडेन्टले शरीरलाई संक्रमणसँग लड्ने तागत दिन्छ ।
ओखर, बदाम र पालुंगो अनि विभिन्न किसिमका दानाहरूले भिटामिन ई शरीरलाई दिन्छन् । बुर्काउलीमा पनि यो भिटामिन पाइन्छ ।
कोरोनासँग लड्न इम्युन सिस्टम बलियो हुनु जरूरी छ । वृद्धहरूको इम्युन सिस्टम कमजोर हुने हुँदा उनीहरू कोरोनाको चपेटामा छिट्टै पर्छन् । अहिले भइरहेका मृत्युमा वृद्धहरूको संख्या बढी छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो