तनहुँको शुक्लागण्डकीमा वृद्धाको हत्या र लुटपाट गरी फरार गोरखाका गौतम दमौलीबाट पक्राउ

तनहुँको शुक्लागण्डकीमा वृद्धाको हत्या र लुटपाट गरी फरार गोरखाका गौतम दमौलीबाट पक्राउ

तनहुँ । शुक्रबार बिहान अन्दाजी ७ बजेको समयमा तनहुँको शुक्लागण्डकी-७ कुम्लेखोलामा सोहि स्थान बस्ने ६० वर्षिया वृद्धा तेज कुमारी ढकाल आफ्नै घर भित्र मृत फेला परेकी थिइन् ।

ढकाल आफ्नै घरभित्र भुईमा दुबै हात, खुट्टा र घाँटीमा सलले बाधिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

उक्त घटनामा संलग्न व्यक्तीहरुको खोजतलास गर्दा घटनामा संलग्न रही तत्काल फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा भिमसेन थापा गाउँपालिका-१ बसेनी बस्ने ४६ वर्षिय शिव गौतम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गौतमलाई शुक्रबार दिउसो ३ बजेको समयमा व्यास नगरपालिका वडा नं २ सहिदगेटबाट हुलिया परिवर्तन गरी हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

सोहि घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट कार्यालय प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेल समेतको टोली घटनास्थलमा गई घटनाको सुक्ष्म रुपमा अनुसन्धान गर्दा शरिरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी मृत्यु भएको देखिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गौतमलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ