स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत पिसिआर परीक्षण गराउनुपर्ने अवस्थाबारे जानकारी गराएका हुन्।
ज्वरो तथा सुख्खा खोकी लागेका, श्वासप्रश्वासमा समस्या भएका, झाडापखाला लागेका, कुनै स्वाद वा गन्ध थाहा नपाउनेहरुको पिसिआर परीक्षण गर्न, गराउन सरकारले भनेको छ। यी कुनै पनि लक्षण नदेखिएकालाई परीक्षण नगराउन, नगर्न पनि गौतमले आग्रह गरे।
त्यस्तै संक्रमितको सम्पर्कमा आएकाहरुलाई ५ दिनपछि परीक्षण गर्न सरकारले भनेको छ।विदेशबाट फर्किएकाको पनि पिसिआर परीक्षण गर्न सकिने उनले बताए। चिकित्सकीय सल्लाहअनुसार शल्यकृया गर्नुपर्नेहरु तथा जटिल अवस्थामा रही डिस्चार्ज गर्नुपर्ने बिरामीहरुको पिसिआर परीक्षण गर्नुपर्नेछ।
आइसियूमा राख्नुपर्ने सबै बिरामीहरु, रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुको पिसिआर परीक्षण गर्न सरकारले भनेको छ।
तर शल्यक्रिया तत्काल गर्नुपर्ने विरामीहरुको कोरोना रिपोर्ट नआएकै भरमा शल्यक्रिया नरोक्न पनि प्रवक्ता गौतमले आग्रह गरे।
५ देखि ७ दिन क्वारेन्टिनमा रहेका, दिर्घरोगी, ६० वर्ष नाघेकाहरु, अग्रपंक्तिमा रहेर काम गर्नुपर्नेहरु, कुटनीतिक नियोग र भिसा प्रयोजनाका लागि मात्रै पिसिआर परीक्षण गर्न सरकारले अनुरोध गरेको छ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो