बिरामी राखिएको कोठामा पस्यो भल, अस्पताल जलमग्न

बिरामी राखिएको कोठामा पस्यो भल, अस्पताल जलमग्न

bharatpur hospital pani

चितवन । चितवनको भरतपुर अस्पतालको बिरामी राखिएको कोठामा भलको पानी पसेर जलमग्न भएको छ ।अस्पतालको आकस्मिक कक्ष र अन्य वार्डभित्रै पानी पसेपछि बिरामी र तिनका आफन्त मर्कामा परेका छन् । चिकित्सक तथा नर्सहरु बुट लगाएर उपचारमा खटिएका छन्।।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार आकस्मिक कक्ष, अब्जरभेसन, स्टोर लगायतका कोठामा पानी पसेको छ । चार वर्ष अघि पनि अस्पतालको स्टोर कक्षमा पानी पसेको थियो । तर बिरामी राखिएकै कोठामा पानी पसेको भने यही वर्ष हो ।

ढल निकासको उचित प्रबन्ध नहुँदा अस्पतालभित्रै पानी पसेको स्थानीय बताउँछन् । पानीको उचित निकास नहुँदा अस्पताल वरपर बर्सेनि डुवानको समस्या हुने गर्दछ । लगातार दुई दिनसम्म पानी पर्दा भरतपुर अस्पतालसँगै प्रायः सबै सरकारी कार्यालयहरु डुवानमा परेका छन् । भरतपुर महानगरपालिका अधिकांश वडा पनि जलमग्न भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds