कास्कीमा भदौ ३ गतेदेखि जारी निषेधाज्ञा २ हप्तापछि खुकुलो बनाइयो । प्रशासनले त्यसपछि पनि बिस्तारै खुकुलो बनाउँदै गयो र गत भदौ २६ गतेदेखि पाँचौ पटकको निर्णयबाट सार्वजनिक सवारी खुलायो । विद्यालय, सिनेमा हल, रंगशाला, स्विमङ पुल भने अझै खुलाइएको छैन ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना भाइरस सङ्क्रमणबाट बच्न सार्वजनिक स्थानहरूमा भिडभाड, भेला जमघट, मेला महोत्सव नगर्न सरोकारवाला तथा सर्वसाधारणलाई पुनः अपिल गरेको छ ।
प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बिहीबार एक सूचना जारी गदै प्रशासन कार्यालयले उक्त अपिल गरेको हो । प्रमुख जिल्ला अधिकारीको हस्ताक्षरमा जारी सूचनामा कोरोना भाइरस सङ्क्रमणको दर बढ्दै गएको अवस्थामा धर्म, संस्कृति, तथा सांस्कृतिक कार्यक्रमहरु नगर्न आग्रह गरिएको छ ।
‘यसरी सार्वजनिक सुचना गरेर मानिसहरु भेला हुने कार्य निषेध गरेपनि केही सरकारी एवम् गैर सरकारी संस्थाले साधारणसभा लगायतका भिडभाडजन्य कार्यक्रमहरुको आयोजना गर्न लागेको हुनाले यस प्रकारको कार्य अर्को सूचना नआइन्जेल नगर्न आग्रह गरिन्छ’ विज्ञप्तिमा उल्लेख छ ।
प्रशासनले यदि कोहि कानुन विपरित गए संक्रामक रोग ऐन, २०२० एवम् अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ ।
सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम