तनहुँ । पहाडकी रानी उपनामले चिनिएकाे तनहुँकाे बन्दिपुरमा मानव निर्मित ताल बन्ने भएकाे छ ।
नेपालकै नयाँ पर्यटकिय क्षेत्र बनाउने उदेश्य सहित र बन्दिपुरकाे विकासलाई फैलाउन गाउँपालिकाको वडा नं २ काे थारुबास क्षेत्रमा करिब १२० राेपनि क्षेत्रफल जग्गामा नयाँ मानव निर्मित जलासय बनाईने भएकाे हाे ।
जलासय निर्माण समिति र प्रभावित क्षेत्रका स्थानीयले केही दिन अघि बैठक बसेर वैज्ञानिक ल्यान्ड पुलिङ विधिबाट कार्य अगाडि बढाउनका लागि स्थानिय जग्गावाला र माेहि बीचमा सहमति गर्ने निर्णय गरिएकाे देबीथान जलासय निर्माण समितिका सचिव सुदिन पाैडेलले जानकारी दिए ।
बैठकका प्रमुख अतिथि गाउँ पालिकाका अध्यक्ष पुर्ण सिङ थापाले मानव निर्मित तालले बन्दिपुरमा आन्तरिक तथा बाह्य पर्यटककाे आगमन बढ्ने र बन्दिपुरकाे बसाईलाई समेत लम्ब्याउन सकिने हुँदा यस क्षेत्रका मानिसकाे आर्थिक अवस्था उकासिने बताए ।
साथै उनले सबै जग्गावालालाई सहमति गराई बिकासकाे याेजना अगाडि बढाइने जानकारी दिए ।
ताल वरपर आकर्षक हाेटल तथा रेष्टुरेन्ट निर्माण गरिने याेजना रहेकाे र तालमा माछा पालन व्यवसाय पनि संचालन गरिने समितिका अध्यक्ष ईश्वरगाेपाल प्रधानले बताए ।
कार्यक्रममा नेकपा बन्दिपुरका नेता तथा जलासय निर्माण समितिका उपाध्यक्ष सुरेन्द्र थापा, जलासय निर्माण समितिका सदस्य तथा अनेरास्ववियू केन्द्रीय सदस्य अर्बिन्द्र भट्टराई लगायतकाे उपस्थिति रहेकाे थियाे ।
सम्बन्धित खबर
लार्के पास जाने क्रममा बेलायती नागरिकको मृत्यु
प्रभु बैंकद्वारा ‘एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित
आजदेखि हेमजा आलु महोत्सव
आज देशभरको मौसम कस्तो रहन्छ?
काठमाडौंवासीलाई फेवा महोत्सवको निम्ता
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर