स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर-१४ मा पहिरोमा पुरिएका ९ जनाको शव फेला परेको छ। प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार बिहीबार बिहान पहिरो जाँदा एकै परिवारका ८ जना रहेका छन्। एक जना पाहुना आएकी महिला छिन्।
मृत्यु भएका सबैको पहिचान खुलेको बोगटीले बताए। मृत्यु हुनेमा टिकामाया नेपाली (४७), स्थानी नेपाली (९२३), दीपक नेपाली (२४), कुलद्वीप नेपाली (२२), विक्रम नेपाली (१५), पाहुना आएकी उमाकला नेपाली (३०), विनिता नेपाली (२१) ९ महिने शिशु शिशिर नेपाली र ९ वर्षका विवश नेपाली छन्।
बिहीबार बिहान माथिबाट गएको पहिरोले एकै परिवारका १० जना पुरिएका थिए। तीमध्ये १ जनाको जीवितै उद्दार गरी उपचारको लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए।
पहिरोमा पुरिएकामध्ये १७ वर्षीया मनिषा नेपाली घाइते छन्। घाइते मनिषालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ।
भिरालो जमिनमा सडक माथिबाट पहिरो खस्दा घर पुरेको थियो। बिहान साढे ५ बजे पहिरो गएपछि प्रहरी उद्धारका लागि खटिएको थियो।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते