स्याङ्जा पहिरो: बेपत्ता भएका ६ जनाको शव भेटियो, ४ को खोजी जारी

स्याङ्जा पहिरो: बेपत्ता भएका ६ जनाको शव भेटियो, ४ को खोजी जारी

syanja

Pic: Aadhikhola Khabar

स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर-१४ मा पहिरोमा पुरिएर बेपत्ता भएका छ जनाको शव फेला परेको छ। स्थानीय माया परियारको घर पहिरोले पुरिँदा १० जना बेपत्ता भएका थिए।

बिहीबार बिहान माथिबाट गएको पहिरोले एकै परिवारका १० जना पुरिएका थिए। तीमध्ये एक जनाको जीवितै उद्धार गरी उपचारको लागि पोखरा पठाइएको छ  । पहिरोमा परी हराइरहेकामध्ये २७ वर्षे उमाकला नेपाली, ४८ वर्षे माया नेपाली, ३० वर्षे दीपक नेपाली, ६० वर्षे सानी नेपाली र ९ वर्षे विवश नेपालीको शव भेटिएको छ । बाँकी ४ जनाको खोजी भइरहेको   छ । 

घर माथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाइ भएको अधिकारीले बताए। प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ