बाढीले नारायणी नदी उर्लिए, नारायणगढ-मुग्लिन सडकमा पहिरो यातायात ठप्प 

बाढीले नारायणी नदी उर्लिए, नारायणगढ-मुग्लिन सडकमा पहिरो यातायात ठप्प 

muglin

चितवन — लगातारको वर्षाले चितवनको जनजीवन प्रभावित भएको छ । बाढीले नारायणी नदी उर्लिएको छ । राजधानी जोड्ने मुख्य सडक नारायणगढ–मुग्लिन सडकमा बुधबार बिहानैदेखि गएको पहिरो दिउँसोदेखि थपिँदै गएको छ ।

पहिरो खसिरहेकाले बुधबार रातिदेखि यातायात ठप्प रहेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पानी पर्न नरोकिँदासम्म सो सडक हुँदै यात्रा नगर्न प्रहरीको अनुरोध छ ।

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार पहिरोका कारण बुधबार राति सवा नौ बजेदेखि नारायणगढ मुग्लिन सडक ठप्प भएको छ । इच्छाकामना गाउँपालिका–६ चार किलोमा बुधबार बिहानैदेखि पहिरो झर्न सुरु भएको थियो । दिउँसो चार बजेपछि बाटो ठप्प भएको थियो ।

साँझ सात बजेपछि एकतर्फी गाडी चले पनि पहिरो थपिएपछि राति सवा नौ बजेबाट बाटो पूर्ण रुपमा बन्द भएको चितवन ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । निरन्तर ठूलो वर्षा भइरहेका कारण पहिरोको समस्या थपिने आकलन गर्दै चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले बाटो पूर्ण रुपमा खुलेको जानकारी नआउँदासम्म सो सडक हुँदै यात्रा नगर्न अनुरोध गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds