तनहुँका संचारकर्मी महिलाद्वारा महिला सशक्तिकरण संचार समाज गठन

तनहुँका संचारकर्मी महिलाद्वारा महिला सशक्तिकरण संचार समाज गठन

120038279_1015055045604145_7443439964608062968_n

तनहुँ । तनहुँका संचारकर्मी महिलाहरूकाे बुधबार दमाैलीमा सम्पन्न एक भेलाले महिला सशक्तिकरण संचार समाज गठन गरेकाे छ ।

भेलाले प्रकृति खनालकाे अध्यक्षतामा १३ सदस्यीय प्रारम्भिक कार्य समिति चयन गरेकाे हाे । समाजकाे उपाध्यक्षमा बिमला दवाडी, द्वितीय उपाध्यक्षमा शिला वाग्ले, सचिवमा अञ्जु दाहाल, काेषाध्यक्षमा सुनिता आचार्य र सह सचिवमा ममता गुरूङ रहेका छन् ।

त्यस्तै सदस्यहरूमा सम्झना रसाइली, आजिमा खातुन, बिन्दु नैनाबस्ती, काेपिला सुनार, मनु सापकोटा, शर्मिला वि.क र अस्मिता खनाल रगेका छन् ।

जिल्लामा रही संचारक्षेत्रमा समन्वयत्मक हिसाबले यस क्षेत्रमा लागेका सम्पूर्ण महिलाहरूकाे पेसागत तथा कार्यक्षमता अभिवृद्धिमा गराउने हेतुले संस्था गठन गरिएकाे नवनिर्वाचित अध्यक्ष खनालले बताईन ।

समाजले तनहुँ कार्यक्षेत्र बनाई संचार संस्थासंग आवद्व महिलाहरूकाे हकहितमा काम गर्ने सचिव अञ्जु दाहलले जानकारी दिईन ।

समाजकाे आगामी बैठकबाट तनहुँका प्रत्येक स्थानीय तहमा संयाेजक ताेकी सशक्तिकरणका कार्यक्रमहरू प्रभावकारी तवरले शुरू गर्ने सचिव दाहालले जानकारी दिईन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds