कोरोना संक्रमणमुक्त भएका व्यक्तिहरु लामो समयसम्म बिरामी भइरहन सक्ने पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनमा निको भएकामध्ये ८९.१ प्रतिशतको अवस्था सामान्य अवस्थामा छन् भने १०.९ प्रतिशतमा रुघाखोकी लाग्ने, हाच्छ्युँ आउने, चिसो महसुस हुने, सामान्य काम गर्दा पनि कमजोर महसुस हुने र गन्ध तथा स्वाद गुमाएको महसुस हुने गरेको छ ।
‘कोभिड–१९ का सामान्य लक्षण भएका बिरामीहरुका साथै युवा तथा वयस्कहरुमा पनि लामो समयसम्म बिरामी बनाउन सक्ने पाइएको छ’ अध्ययनको निष्कर्ष सार्वजनिक गर्दै परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले भने ।
उनका अनुसार ३५ प्रतिशतभन्दा बढीमा संक्रमणमुक्त भएको २र३ सातासम्म पनि रुघाखोकी, थकान र श्वासप्रश्वासमा कठिनाई जस्ता समस्या देखिएको छ । यद्यपि ८० प्रतिशतभन्दा बढीले घरासयी तथा आर्थिक आयआर्जनका काम गर्न थालेको पाइएको छ ।
अध्ययनमा सहभागीमध्ये ८४.३ प्रतिशतले सामाजिक भेदभाव भोग्नु परेको बताएका छन् । यस्तै १५.१ प्रतिशतमा कोरोनाबारे अनावश्यक विचार आएको र ७.७ प्रतिशतमा आफू र अरु प्रति नकारात्मक विचारसमेत आएको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार परिषदले संक्रमणमुक्त भएका १८ वर्षभन्दा माथिका ५५२ जनामा संख्यात्मक र २५ जनामा गुणात्मक अध्ययन गरेको थियो ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो