गण्डकी प्रदेशमा कोभिड अपडेटः संक्रमितको संख्या ३५ सय ७९ पुग्यो, पोखराका १३ सहित प्रदेशमा ५६ थपिए, ६१ निको

गण्डकी प्रदेशमा कोभिड अपडेटः संक्रमितको संख्या ३५ सय ७९ पुग्यो, पोखराका १३ सहित प्रदेशमा ५६ थपिए, ६१ निको

Gandaki covid corona 1

गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय ७९ पुगेको छ । आज मात्रै गण्डकी प्रदेशमा ५६ जना संक्रमित थपिएका छन् । ६१ जना निको भएका छन् । प्रदेशमा आज ७५६ जनाको पीसीआर परिक्षण भएकोमा ५६ जनामा पोजिटिभ नतिजा देखिएको हो ।

आज पोखरामा १३ र अन्नपूर्ण गाउँपालिकामा १ गरी कास्कीमा १४ जना थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको दोस्रो विज्ञप्ति अनुसार पोखराका ५ जना सहित गण्डकी प्रदेशमा ३१ जना कोरोना संक्रमित थपिएका छन् ।

पोखरा महानगर वडा नं ८ का १५ र १८ वर्षिय पुरुष तथा ३८ वर्षिया महिला, पोखरा ११ की ३६ वर्षिया महिला र पोखरा १४ की २३ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । त्यसै गरि स्याङजा विरुवाका ३० वर्षिय पुरुष र वालिङ ४ का १९ र ४४ वर्षिय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

त्यसै गरि निर्देशनालयले तनहुँका ११ जना कोरोना सक्रमण पुष्टि भएको जनाएको छ । तनहुँ व्याका २३ वर्षिय पुरुष र व्यास १० का ५ वर्षिय वालक सहित ४८ वर्षिय पुरुष तथा १८ र ४१ वर्षिया महिलामा कोरोना सक्रमण पुष्टि भएको छ । तनहुँ भानु वडा नं २ का २८ वर्षिय पुरुष, भानु वडा नं ५ का ३६ वर्षिय पुरुष, आँवुखैरेनी वडा नं ३ का ८ वर्षिया वालिका र ३३ वर्षिया महिला, आवुंखैरेनी वडा नं २ की ५९ वर्षिय महिला र देवघाट ५ का ५९ वर्षिय पुरुषका कोरोना सक्रमण देखिएको छ ।

निर्देशनालयका अनुसार वागलुङ काठेखोला ७ का २१ वर्षिय पुरुष तथा ५१ वर्षिया महिला, गल्कोट ५ का ३१ वर्षिय पुरुष तथा ४ का २७ र ५४ वर्षिय पुरुष, जैमीनी ८ का ३३ वर्षिय पुरुष तथा ६ का १८ र ५२ वर्षिय पुरुष र पर्वत कुस्माका ५० वर्षिय पुरुष सहित २१, २९ र ३३ वर्षका नेपाल आर्मीमा कार्यरत ३ पुरुषहरु रहेका छन ।

यसअघि बिहान पोखराका ८ सहित गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि भएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा अन्नपूर्ण गाउँपालिकाका १ सहित पोखरा महानगरपालिकाका ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयले कास्कीको पोखरा महानगर( १० का ३१ वर्षीय पुरुष तथा ७ वर्षीया बालिका ,पोखरा- १५ का ३९ र ६५ वर्षीय पुरुष , पोखरा( १७ की २६ वर्षीया महिला, पोखरा २० का २० र ३२ वर्षीय पुरुष, पोखरा- २७ की ७४ वर्षीय महिला तथा कास्कीको अन्नपूर्ण गाउँपालिका का ३२ वर्षीय पुरुषमा कोरोना भाइरस देखिएको जानकारी दिएको हो ।

त्यसैगरी म्याग्दीका कोरोना संक्रमित बेनी नगरपालिका वडा नम्बर ३ का ३० वर्षीय पुरुष हुन् । यस्तै स्याङ्जाका ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा वालिङ नगरपालिका वडा नम्बर ४ का ४३ तथा वडा नम्बर ११ का ३९ वर्षीय पुरुष रहेका छन् । त्यस्तै गल्याङ नगरपालिका वडा नम्बर २ का ३१ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

यस्तै तनहुँमा ४ जना नयाँ कोरोना संक्रमित थपिएका छन । जिल्लाको व्यास नगरपालिकाका १ जना र भिमाद नगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

जिल्लाको व्यास-२ का ५३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै भिमाद-३ का ३६ र २६ वर्षीय पुरुष र भिमाद-१ का २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनलयले जनाएको छ । सबै संक्रमितहरु भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्ति हुन ।

यस्तै बाग्लुङका २ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको बाग्लुङ नगरपालिका १३ का ६२ वर्षीय पुरुष तथा बडीगाड १ का २६ वर्षीया महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै लमजुङका ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको मध्यनेपाल अन्तरगत वडा नम्बर ६ का १० वर्षीय बालिका सहित १६, ३० तथा ५८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो । साथै वडा नम्बर १० की ३५ वर्षीया महिलालाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds