मुग्लिन–नारायणगढ सडक खण्ड फेरि ठप्प

मुग्लिन–नारायणगढ सडक खण्ड फेरि ठप्प

muglin

मुग्लिन-नारायणघाट सडक खण्ड फेरि ठप्प भएको छ । बुधबार बिहान गएको पहिरो हटाएर केही बेर गाडी चलाउन थाले पनि दिउँसो फेरि चार किलोमा पहिरो खसेको मुग्लिन प्रहरीले जनाएको छ ।

ठूलो पानी परिरहेकाले तत्काल पहिरो पन्छाउन सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । लेदोसहितको पहिरो खसेर सडकमा बसेकाले दुईतर्फी नै गाडी रोकिएको प्रहरीले जनाएको छ ।

वर्षा भएसँगै पहिरोको खतरा भएकाले यो सडक खण्डको यात्रा जोखिमपूर्ण छ । यस्तै पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरीमा भने अहिले एकतर्फी सडक खुलेको छ । त्यहाँ बुधबार बिहान सडकमाथिबाट खसेको पहिरोले दुई वटा कन्टेनर पनि पुरिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds