पोखरा । गुणस्तर र प्याकेजिङमा पोख्रेली ग्राहकको मन जित्न सफल पानीको ब्राण्ड पिउरो काठमाडौ उपत्यकामा पनि बिक्री सुरु भएको छ। ज्ञान फुड एण्ड बेभरेज प्रालिको उत्पादन पिउरोको एक लिटरको आकर्षक बोतलमा उपलब्ध छ।
उपत्यकाको लोकप्रिय अनलाइन सपिङ स्टोर ग्यापु डटकममा ‘प्रोडक्ट लन्चिङ’ गरिएको पिउरो पहिलो एक महिना ग्यापु मार्फत होम डेलिभरी गरिने र एक महिना पछि पसलहरुमा उपाब्ध हुने बताइएको छ।
पिउने पानीको उत्पादनमा नेपालमै पछिल्लो प्रविधि भित्र्याएर प्लान्ट स्थापना गरेको खड्काको दाबी छ। खाद्य तथा गुणस्तर नियन्त्रण बिभागले तोकेको मापदण्ड पुर्ण रुपमा पालना गरि उत्पादन गरेको कम्पनीका प्रवन्ध निर्देश अशोक खड्का बताउँछन्।उनी भन्छन् “खाद्यको टिम अनुगमनमा आउँदा एक महिनाको अन्तरमा गुणस्तर परिक्षण गरेको ल्याब रिपोर्ट फ्याक्ट्रीमा राख्न भने पनि हामीले हरेक हप्ता परिक्षण गर्दै आएका छौं र ग्राहकलाई समेत ल्याब रिपोर्ट उपलब्ध गराउँछौं।”
पिउरोले इच्छुक हरेक ग्राहकलाई फ्याक्ट्री भिजिट गराउंदै आएको खड्का बताउँछन्। उनी थप्छन् “हामी ग्राहकको स्वास्थ्य प्रती सचेत छौं। त्यसैले लुकाउनु पर्ने केही छैन। साथै अहिले कोभिड १९ विषम परिस्थितिमा थप स्वास्थ सुरक्षाका सावधानी अपनाएर काम गरेका छौं।”
पिउरोले पोखरा र आसपासका सहरमा एक लिटर बोतल सँगै बीस लिटरको जार पनि बिक्रि गर्दै आएको छ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते