डा. केसिको समर्थनमा अझै सशक्त कार्यक्रम गर्दै ‘जागौँ पोखरा’ अभियान

डा. केसिको समर्थनमा अझै सशक्त कार्यक्रम गर्दै ‘जागौँ पोखरा’ अभियान

Govinda KC
चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर जुम्लामा आमरण अनशन बसेका डा. गोविन्द केसीको पक्षमा पोखराको पृथ्वीचोकमा शान्तिपूर्ण प्रदर्शन भएको छ । सत्याग्राही डा.गोबिन्द केसी अनसन बसेको हप्तादिन कटिसक्दा समेत उनको मागको सुनुवाई भएको छैन ।
उज्यालो नेपालका नायक कुलमानको पुनन्युक्तीको माग सहित “जागौ पोखरा” अभियानले सार्बजनिक बौद्धिक मञ्च नेपालको पोखरा च्यापटर सङ सहकार्य गर्दै हिजो तेश्रो दिन पृथ्वीचोकमा अवस्थित पोखरा मल अगाडि फुट ट्याकमा,  बिहान ११ देखि १२ बजे सम्म शान्तिपुर्ण धर्ना कार्यक्रम सप्पन्न गरेको छ ।
सत्याग्राही केसिलाई जुम्ला बाट काठमाडौं ल्याउने क्रममा एम्बुलेन्स भित्र प्रहरीले गरेको दुरब्यवहार र ८ दिन सम्म सरकारले केसिको अनशन सम्बोधन नगर्नु दु:खद भएको हुदा, डा.केसिको समर्थनमा अझै सशक्त कार्यक्रम गर्ने तयारी भैरहेको “जागौ पोखरा” अभियानका सुचना अधिकारी कृष्ण बरालले जानकारी दिए ।
बरालले भाबी कार्यक्रमको तयारी स्वरुप केहि दिन धर्ना कार्यक्रम स्थगित गर्दै, पोखरामा रहेका अन्य सघ सस्था, नागरिक समाज, मानव अधिकारबादी तथा डा. केसिको साथमा रहेका राजनीति दलका नेताहरु सङ छलफल भैरहेको र छिटै कार्यक्रम घोषणा गर्ने बताएका छन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ