गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ५ सय २३ पुगेको छ । आज मात्रै गण्डकीमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पोखराका १९ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीले पछिल्लो चौथो विज्ञप्ती जारी गर्दै पोखराका ११ जना सहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
निर्देशनालयले पोखरा महानगरपालिका वडा नम्बर ३ का ३० र ४५ वर्षीय पुरुष तथा ३० वर्षीया महिला ,पोखरा ७ का नेपाल प्रहरीमा कार्यरत २५, २८, ३३, ३५ र ४४ वर्षीय पुरुष , पोखरा १४ का ५८ वर्षीय पुरुष तथा २८ र ५० वर्षीया महिलामा कोरोना भाइरस देखिएको जानकारी दिएको हो ।
त्यसैगरी नवलपुर बिनयत्रिबेणी ३ का ३० वर्षीय पुरुष , ४ का २४, २६, र २९ वर्षीय पुरुष तथा ४५ वर्षीया महिला, मध्यबिन्दु २ का ४० वर्षीय पुरुष, ६ का ६५ वर्षीय पुरुष तथा ८ का ३३ र ६५ वर्षीया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यसअघि, पोखराका ८ जना सहित गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो । पोखरा महानगरपालिका वडा नम्बर ४ की ७१ वर्षीया महिला पोखरा ५ का ३८ वर्षीय पुरुष , पोखरा ७ का ३७ वर्षीय पुरुष , पोखरा ८ का ३२ वर्षीय पुरुष , पोखरा ९ का २४ वर्षीय पुरुष , पोखरा १२ का २७ वर्षीय पुरुष तथा ५८ वर्षीया महिला र पोखरा १३ का १९ वर्षीय पुरुषमा कोरोना भाइरस देखिएको जानकारी दिएको हो ।
तनहुँ शुक्लागण्डकी ६ की ३० वर्षीया महिला तथा ७ का भारतबाट आएका ३९ वर्षीय पुरुषमा कोरोना भाइरस देखिएको निर्देशनालयले जनाएको छ ।




सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने