जिल्ला प्रहरी कार्यालय पर्वतद्वारा बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्वतद्वारा बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

arrest-pakrau

सांकेतिक तस्विर

पर्वत – बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी जलजला गाउँपालिका-२ बस्ने ३० वर्षीय कृष्ण बहादुर कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत तुलसीपुर बुटवलको २०७६ वैशाख ८ गतेको फैसलाले उक्त मुद्दामा नौ लाख ९० हजार रुपैयाँ जरिवाना र ६ महिना कैद ठहर भई फरार रहेका कार्कीलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

कार्कीलाई जिल्ला अदालत पर्वत मार्फत जिल्ला कारागार पर्वत पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds