आज राति गण्डकीका केही ठाउँमा ठूलो वर्षा, नसोचेको ठाउँमा बाढी पहिरोको खतरा

आज राति गण्डकीका केही ठाउँमा ठूलो वर्षा, नसोचेको ठाउँमा बाढी पहिरोको खतरा

mausam

मङ्गलबार देशका धेरै ठाउँमा पानी परेको छ । अहिले पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका केही ठाउँमा भने ठूलो वर्षा भएको छ ।

आज राति पानी पर्ने क्रम अझ बढ्ने पनि उहाँले बताउनुभयो । मङ्गलबार राति गण्डकी र ५ नम्बर प्रदेशसहित अरु प्रदेशमा पनि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताए । बुधबार र बिहीबार पनि पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको खतरा रहेको छ ।

भदौको अन्तिम महिनातिर चर्को घाम लागेकाले अहिले सामान्य पानी पर्दा पनि पहिरो जाने खतरा, भूकम्पले जमिनको भित्री भाग चर्किएकाले भूकम्प प्रभावित पहाडी जिल्लामा पहिरोको बढी खतरा रहेकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

मौसमविद् अर्यालका अनुसार अहिलेको पानीले नसोचेको ठाउँमा पहिरो जाने जोखिम हुन्छ । यस्तै बाढी पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार रातिदेखि आउँदो १० गतेसम्म नै देशका धेरैजसो नदीमा पानीको बहाव बढ्ने सम्भावना छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds