पोखरामा थप ११ लाई कोरोना पुष्टि
पोखरा । पोखरामा थप ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार पोखराका ११ जना सहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
वडा नम्बर ७ का कार्यरत ५ जना प्रहरी सहित थप ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित प्रहरी २५, २८, ३३, ३५ तथा ४५ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै निर्देशनालयले पोखरा महानगरपालिका वडा नम्बर ३ का ३० र ४५ वर्षीय पुरुष तथा ३० वर्षीया महिला , पोखरा १४ का ५८ वर्षीय पुरुष तथा २८ र ५० वर्षीय महिलामा कोरोना भाइरस देखिएको जानकारी दिएको हो ।
त्यस्तै क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा नवलपुर बिनयत्रिबेणी ३ का ३० वर्षीय पुरुष , ४ का २४, २६, र २९ वर्षीय पुरुष तथा ४५ वर्षीया महिला, मध्यबिन्दु २ का ४० वर्षीय पुरुष, ६ का ६५ वर्षीय पुरुष तथा ८ का ३३ र ६५ वर्षीया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३५२३ पुगेको छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो