मङ्लबार पोखराका थप ८ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य निर्देशनालयको तेस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका बिभिन्न वडाहरुमा गरी थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ । गण्डकी प्रदेशमा थप १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार कास्कीमा ८ र तनहुँमा २ गरी थप १० जनालाई संक्रमण पुष्टि भएको छ ।
कास्की ८ संक्रमितहरु पोखरा महानगरपालिकाका रहेका छन् । महानगरका संक्रमितहरु वडा नम्बर ९ का २४ वर्षीय पुरुष, पोखरा वडा नम्बर १३ का १९ वर्षीय पुरुष , पोखरा वडा नम्बर १२ का ५८ र वर्षीय महिला तथा २७ वर्षीय पुरुष, पोखरा वडा नम्बर ७ का ३७ वर्षिय पुरुष, पोखरा वडा नम्बर ८ का ३२ वर्षिय पुरुष, पोखरा वडा नम्बर ४ का ७१ वर्षीय महिला र पोखरा वडा नम्बर ५ का ३८ वर्षिय पुरुष रहेका छन् ।
त्यस्तै तनहुँको सुक्लागण्डकी वडा नम्बर ७ का ३९ वर्षिय पुरुष र वडा नम्बर ६ कि ३० वर्षिय महिलामा संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगर वडा नम्बर १३ र ८ का पुरुषहरु , र तनहुँ जिल्लाका ३९ वर्षिय पुरुष भारत बाट आएको निर्देशनालयले जानकारी दिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ का २४ बर्षीय पुरुष बारा जिल्लाबाट र वार्ड नं ४ का ७१ बर्षीय महिला काठमाडौँबाट आएका थिए ।
पोखरा महानगर वडा नम्बर ७ का ३७ बर्षीय पुरुष बन कार्यालयमा कार्यरत कर्मचारी हुन् । तनहुँ जिल्ला, सुक्लागण्डकी वडा नम्बर ६ कि ३० बर्षीय महिला पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत गर्भवती रहेकि छिन् । अहिले उनीहरुलाई आइसोलेशन सेन्टर लैजाने तयारी भइरहेको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३५0३ पुगेको छ ।

सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने