गण्डकी प्रदेशमा थप ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार लमजुङका ६ तनहुँका ४ बाग्लुङका १ गरि थप ११ जनालाई संक्रमण पुष्टि भएको छ ।
लमजुङका ६ संक्रमितहरु बेसीसहर नगरपालिका तथा मस्र्याङ्दी गाउँपालिकाका हुन् । बेसीसहर नगरपालिका का १ महिला तथा १ जना पुरुष सनराइज बैंकमा कार्यरत कर्मचारी र १ संक्रमित भारतबाट आएका निर्देशनालयले जानकारी दिएको छ ।
यस्तै तनहुँका ४ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको ऋषिङ गाउँपालिका वडा नम्बर ५ का ३ तथा वडा नम्बर ६ का १ जना पुरुष रहेका छन् । तनहुँका चारै जना संक्रमित भारतबाट आएका हुन् ।
यस्तै बाग्लुङका १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको बरेङ १ का १९ वर्षीय पुरुष हुन् । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ४ सय ९३ पुगेको छ ।
सम्बन्धित खबर
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते