काठमाण्डौ – बंगालको खाडी नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज, भोलि र पर्सि देशका विभिन्न ठाउँमा हिजोअस्तीको भन्दा धेरै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज र भोलि मध्य र पूर्वको तुलनामा पश्चिममा अलि धेरै पानी पर्नेछ । आज वाग्मती, गण्डकी र प्रदेश ५ का एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
यस्तै देशभरि कै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना पनि नभएको मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।
यसैबीच पोखरामा वार्षिक र मनसुनी वर्षाले रेकर्ड बनाएको छ । यसअघि सन् १९९५ को मनसुनमा ४ हजार ६८ दशमलव ९ मिलिमिटर पानी परेको पोखरामा यो वर्षको मनसुनमा हिजोसम्म ४ हजार २ सय २० दशमलव २ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको हावापानी विश्लेषण शाखाकी शाखा प्रमुख इन्दिरा कँडेलका अनुसार यो वर्ष पोखराको वार्षिक वर्षाले पनि रेकर्ड बनाएको छ । यसअघि सन् १९९८ मा ४ हजार ८ सय ७९ मिलिमिटर पानी परेकोमा यो वर्ष सकिन तीन महिना बाँकी छँदै ५ हजार ९७ दशमलव ३ मिलिमिटर पानी परेको उहाँले जानकारी दिनुभयो ।
मनसुन सकिन अझै केही दिन लाग्ने र यो वर्ष सकिन अझै तीन महिना बाँकी भएकाले वर्षाको रेकर्ड अझै बढ्नेछ । सामान्यतया जुन १० तारिखमा नेपाल भित्रिने मनसुन सेप्टेम्बर २३ मा बाहिरिने गरेपनि केही वर्षयता ढिला भित्रिएर ढिलै बाहिरिने गरेको छ । यो वर्ष नेपालमा दुई दिन ढिला गरी मनसुन भित्रिएको थियो भने धेरै ठाउँमा औषत भन्दा धेरै पानी पानी परेको छ ।
सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो