कोरोनाबाट १७ वर्षीया किशोरीसहित एकैदिन १६ जनाको मृत्यु

कोरोनाबाट १७ वर्षीया किशोरीसहित एकैदिन १६ जनाको मृत्यु

corona-death pkr

तस्विर सौजन्य: राधिका कँडेल (पत्रकार, पोखरा)

काठमाडौं। कोरोना भाइरसका कारण नेपालमा थप १६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३ जना महिला र १३ जना पुरुषको कोरोना भाइरसकै कारण मृत्यु भएको छ।

यसरी मृत्यु हुनेमा मकवानपुरकी १६, ललितपुरकी ५८ र दोलखाकी ५२ वर्षीया महिला छन्। त्यस्तै, झापाका ७२, सुनसरीका ४९, पर्साका ८८, भक्तपुरका ८४ र ६२, काठमाडौंका ५८ र ७३, मकवानपुरका ६८, ललितपुरका ६१, चितवनका ५५, रुपन्देहीका ६७, बाँकेका ५० र ५९ वर्षीया पुरुषले पनि कोरोना कै कारण ज्यान गुमाएका छन्।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ