बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ त कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ त कारोबार ?

sun

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले बढेको छ ।

आज छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

साताको पहिलो दिन आइतबार सुनको भाउ स्थिर रही प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि पाँच रुपैयाँ बढेर प्रतितोला एक हजार ३२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ