माछा पोखरीमा एकै परिवारका ३ आमाछोरी मृत भेटिए  

माछा पोखरीमा एकै परिवारका ३ आमाछोरी मृत भेटिए  

death_

मोरङको ग्रामथानको एक माछा पोखरीमा एकै परिवारका ३ जना मृत भेटिएका छन्। ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी र उनका ९ र १३ बर्षीया छोरी कृतिका र पबित्राको पोखरीमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष खड्काले जानकारी दिए।

आइतबार बिहान ११ बजे माछालाई चारो हाल्न भनी गएका उनीहरू साँझसम्म घर नफर्किएपछि खोजी गर्दा भाइ रुद्र कटुवालको पोखरीमा मृत भेटिएको मोरङ प्रहरी प्रमुख खड्काले बताए।

मृतकको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर ल्याइएको छ। घटनाबारे अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ