गण्डकीका केही स्थानमा हावाहुरीसहितको भारी वर्षा हुने पूर्वानुमान

गण्डकीका केही स्थानमा हावाहुरीसहितको भारी वर्षा हुने पूर्वानुमान

mausam

जल तथा मौसम विज्ञान विभागले आज (सोमबार) देखि पाँच दिनसम्म देशभरी मेघगर्जन, चट्याङ र हावाहुरीसहितको भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।

केही स्थानमा हावाहुरीसहितको अधिक वर्षा हुने विभागले जानकारी दिएको छ । हाल उत्तर–पूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा नेपालका विभिन्न भागमा भारी वर्षा हुने विभागको अनुमान छ । हावाहुरीसहित अधिक बर्षाको सम्भावना भएकाले आगामी शुक्रबारसम्म आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

मौसमविदका अनुसार आज दिउँसो देशभर सामान्यतया बद्ली भएर केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । प्रदेश–१ र २ का केही ठाउँहरुमा हावाहुरीको समेत सम्भावना छ ।

राति प्रदेश–१, २ र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । प्रदेश १, २ वाग्मती, गण्डकी र प्रदेश–५ का केही ठाउँमा हावाहुरी समेत आउने सम्भावना छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds