गण्डकीमा आज कोभिड अपडेटः पाेखरामा १८ सहित ३७ थपिए, संक्रमित ३४३९ पुगे

गण्डकीमा आज कोभिड अपडेटः पाेखरामा १८ सहित ३७ थपिए, संक्रमित ३४३९ पुगे

Gandaki covid corona 2

गण्डकी प्रदेशमा कोरोना सङक्रमितको सँख्या ३ हजार ४ सय ३९ पुगेको छ । आज आइतबार स्वास्थ्य निर्देशनालय गण्डकीले तिन विज्ञप्तीमार्फत् गण्डकीमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । पोखरामा १८ जना थपिएका छन् ।

स्वास्थ्य निर्देशनालयको पहिलो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका बिभिन्न वडाहरुमा गरी थप ५ र माछापुच्छ्रेका १ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा( १२ का २२ वर्षीय पुरुष, पोखरा- १० का ३६ वर्षीय पुरुष, पोखरा-८ का १७ वर्षीया महिला, पोखरा( २५ का २६ वर्षीय पुरुष, पोखरा- ५ का ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।

त्यस्तौ क्षयरोग उपचार केन्द्र पोखरामा कास्की माछापुच्छ्रे-३ का ५७ बर्षीय पुरुष मा कोरोना संक्रमण भेटिएको छ ।

स्वास्थ्य निर्देशनालयको दोस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका बिभिन्न वडाहरुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ । आज बिहान समेत पोखरामा ५ तथा माछापुच्छे गाउँपालिकाका १ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका वडा नम्बर ७ मा कार्यरत ६ जना प्रहरीलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा वडा नम्बर ६ का २५ वर्षीय १ महिला र ४४ वर्षीय १ पुरुष, ७ का ३८ वर्षीय पुरुष, वडा नम्बर १७ का २७ वर्षीय महिला तथा ४५ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै पोखरा २२ का २२ वर्षीय पुरुष र २३ का ४४ वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङमा १५ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको सुन्दरबजार नगरपालिकाका हुन् ।

तनहुँका २ जनालाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित १२ वर्षीय बालिका तथा २१ वर्षीय महिला हुन् ।
तेस्रो अद्यावधिक विज्ञप्ति अनुसारपोखराका १ जनामा कोरोना पुष्टी

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds