लमजुङ र गोरखाका पूर्वाधार विकास कार्यालयबाटै यातायातका सेवा उपलब्ध हुने व्यवस्था सुरु भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक्सन रुमबाट सो सेवाको औपचारिक शुभारम्भ भएको छ । मुख्यमन्त्रीले यहाँबाटै क्लिक गरेर लमजुङको कार्यालयमा रसिद प्रिन्ट गरेर सेवा उदघाटन गरे ।
पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख सुमन गिरीले ब्लुबुक रिन्युको उक्त रसिद सेवाग्राही यज्ञनारायण श्रेष्ठलाई हस्तान्तरण गरे । अब ब्लुबुक नवीकरण, रुट परमिट, सवारी जाँचपास, पटके रुट परमिट लगायतको काम जिल्लाबाट गर्न पाउँदा ति दुई जिल्लाका वासिन्ता लाभान्वित हुनेछन् । यति काम गर्न अब यातायात व्यवस्था कार्यालय पोखरामा धाइरहनु पर्ने छैन ।
यसअघि पोखराको कास्की, बागलुङ, तनहुँको डुम्रेमा मात्रै यातायात व्यवस्थाका सेवा उपलब्ध थिए । गण्डकी प्रदेश सरकारले स्याङ्जा, लमजुङ र गोरखामा यातायात व्यवस्था सम्बन्धी सेवा थप गरेको हो । भर्चुअल समारोहकाबीच सेवा आरम्भ गरेपछि मुख्यमन्त्री गुरुङले अब जिल्लाबाटै सेवा प्राप्त हुनु भनेको जनतामा संघीयता आएको अनुभूति मिलेको विश्वास व्यक्त गरे ।
भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले अबको केही समयपछि नवलपुरमा लाइसेन्स, नामसारी लगायत यातायात व्यवस्थाका सबै सेवा उपलब्ध गराइने जानकारी दिए ।
सम्बन्धित खबर
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
गोरखाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन
वर्षाले सडक भासिँदा गोरखाको ढुङ्गागाढे-खाब्दी भञ्ज्याङ सडक अवरुद्ध
गोरखाको बारपाकमा आरन सुधार गर्न अनुदानमा आधुनिक औजार वितरण
गोरखामा बसको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, आमा गम्भीर घाइते
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला