संविधान दिवसको अवसरमा ५९४ जनालाई विभूषण प्रदान गरिने

संविधान दिवसको अवसरमा ५९४ जनालाई विभूषण प्रदान गरिने

sambidhan-sabha-bhawan-new

काठमाण्डौ – संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई नेपाल सरकारले मानपदवी दिने गरेको छ । यस पटक पनि संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५९४ जनालाई विभूषण प्रदान गर्ने भएकी छिन ।

जसअनुसार मानपदवीतर्फ सुप्रसिद्ध प्रवल जनसेवा प्रथम १, प्रसिद्ध प्रवल जनसेवा द्वितीय, ४, सुकीर्तिमय राष्ट्र द्वीप तृतीय ७, सुप्रवल जनसेवा तृतीय ८७, कीर्तिमय राष्ट्र द्वीप चतुर्थ ८, प्रवल जनसेवा श्री चतुर्थ २४२ र जनसेवा श्री १०४ जना गरी जम्मा ४५३ जनाले पाएका छन् ।

नेपाल सरकारको मन्त्रिपरिषद्को सिफारिसको आधारमा राष्ट्रपतिले विभूषण प्रदान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds