पोखरा – शनिबार गण्डकीका थप १५ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयद्वारा जारी शनिबार बिहानको पहिलो अद्यावधिक विवरण अनुसार प्रदेशका चार जिल्लाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो संक्रमितहरु नवलपुर, पर्वत, स्याङ्गजा र लमजुङका छन् ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपुर बुलिङटार गाउँपालिका वडा नं ६ का ४० र ४५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै जिल्लाको हुप्सेकोट गाउँपालिका ४ का ३५ र ५६ वर्षका पुरुष, र ३३ वर्षीया महिला, हुप्सेकोट ३ का ४५, २४ र ५८ वर्षका पुरुष, ४२ र ५६ वर्षीया महिला र हुप्सेकोट ५ का ३७ वर्षीया महिलाको को परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।
यता पर्वतको कुश्मा नगरपालिका १ का ५७ वर्षीया महिला र वडा नखुलेका एक ३५ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ ।
यस्तै स्याङ्गजा फेदीखोला गाउँपालिका वडा नखुलेका २१ वर्षीय युवकको रिपोर्ट पनि पोजेटिभ आएको छ भने, लमजुङ मध्यनेपाल नगरपालिका ६ का ४२ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ।
आज संक्रमण पुष्टि भएका मध्ये पर्वत कुश्माका ३५ वर्षीय संक्रमित नेपाल आर्मीमा कार्यरत छन् । नवलपुर हुप्सेकोट ५ का ३७ वर्षीया महिला स्वास्थ्य स्वयं सेविका हुन् । अन्य सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।
यो संगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या ३३५१ पुगेको छ ।

सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो