९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लामाचौरबाट एक व्यक्ति पक्राउ

९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लामाचौरबाट एक व्यक्ति पक्राउ

bikash -bk

पोखरा – बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कास्की प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ जिल्ला गंगाजमुना गाउँपालिका वडा नं ६ घर भइ हाल पोखरा महानगरपालिका १९ लामाचौर बस्दै आएका ३२ वर्षीय विकास विक रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी सुवास हमालले जानकारी दिए ।

हमालका अनुसार विकले गत मंगलबार अन्दाजी दिउँसो ४ बजेको समयमा स्थानीय एक ९ वर्षीया बालिकालाई ललाई फकाई एकान्त स्थानमा लगेर करणीको आशय राखी यौन दुर्व्यवहार गरेको जाहेरी परे लगत्तै उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका विकमाथी बाल यौन दुरुपयोग कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए  ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds