नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुग्यो

corona-death

सांकेतिक तस्बिर ।

पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ५ जना पुरुष र २ जना महिला रहेका छन् । जसमा काठमाडौंका ८८ वर्षीय पुरुष र ८५ बर्षीया महिला गरी दुई जनाको मृत्यु भएको छ ।

त्यसैगरी मोरङका ६६र६६ वर्षीय दुई पुरुषको पनि मृत्यु भएको छ । त्यस्तै नवलपरासीका ३१ वर्षीय पुरुष, ललितपुरकी ६६ बर्षीया महिला र भक्तपुरका ८२ बर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

योसँगै देशभर कुल मृतकको संख्या ३ सय ९० पुगेको छ । यो मृत्युदर संक्रमित हुनेहरुबाट ०.६३ प्रतिशत हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds