काठमाडौ । बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रमको अध्यापन गराइरहेको काठमाडौको सफ्ट्वेरिका कलजे अफ आइटी एन्ड ईकमर्सले दस जना विद्यार्थीलाई बेलायतमा नि:शुल्क अवलोकन भ्रमण गराउने भएको छ ।
विद्यार्थीहरुले कोभेन्ट्री विश्वविद्यालयको भ्रमण गर्ने, विभिन्न विश्वविद्यालय लेक्चर कक्षामा भाग लिने तथा कार्यशालाहरुमा सहभागी हुने कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले जानकारी दिए ।
विद्यार्थीहरुले यात्राका बेला लन्डन आई टावर ब्रिज, लन्डन म्यूजियम लगायत बेलायतका प्रमुख पर्यटकीय स्थलहरू अवलोकन गर्ने तालिका रहेको श्रेष्ठले बताए।
१० दिनका लागि करिब ५० लाख खर्चेर कलेजले विद्यार्थीको आवतजावतको टिकट, बसोबासको व्यवस्था गरेको कलेजका बिजनेस डाइरेक्टर अमृत थापाले जानकारी दिए ।
विभिन्न कार्यक्रमहरूमा कलेजको प्रतिनिधित्व गर्ने, जिज्ञासु र उत्कृष्ट प्रस्तुतीकरण क्षमता भएका र पारस्परिक कौशल भएका एवं प्रत्येक मोड्युलमा न्यूनतम ९० प्रतिशत उपस्थिति र पढाईमा लगनशील विद्यार्थी छनौट गरिने कलेज प्रमुख प्रमोद पौडेलले जानकारी दिए ।
कलेजका २६ र २७ ब्याच सहभागी हुने भ्रमणमा ३० प्रतिशत सिट महिला विद्यार्थीको रहने पौडेलले जानकारी दिए । १५ नोभम्बर, २०२० सम्म आवेदन लिएर २०२१ मा अवलोकन भ्रमण गराइने बताइएको छ ।
सम्बन्धित खबर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
क्यान इन्फोटेक पोखरामा MSI RTX 5080 ग्राफिक्स कार्ड सार्वजनिक
अब नागरिक एपबाटै राष्ट्रिय परिचयपत्र हेर्ने सकिने
पुरुषोत्तम कुँवरको नेतृत्वमा क्यान कास्की
सिद्धार्थ राजमार्गका खाल्डाखुल्डी पुरिँदै
आईफोन १६ प्रो र प्रो म्याक्स मोडल सार्वजनिक, मूल्य कति ?
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर