पोखरा – गण्डकीमा आज १०२ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालयद्वारा बिहीबार जारी ३ वटा विज्ञप्तिमा प्रदेशका ६ जिल्लाका १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु कास्की, तनहुँ, गोरखा, लमजुङ र नवलपुरका छन् । जसमा कास्कीमा सर्वाधिक ७४ जना संक्रमित फेला परेका छन् ।
निर्देशनालयको तेस्रो तथा अन्तिम विज्ञप्तिमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नं १५ का १८ देखि ४४ वर्ष उमेर समुहका नेपाल प्रहरीमा कार्यरत पुरुषमा कोरोना संक्रमण देखिएको छ । यस्तै पोखरा ८ का ३ पुरुष र एक महिला, पोखरा १४ का ३५ वर्षीय पुरुष, पोखरा १७ का ३७ वर्षीय पुरुष, पोखरा १० का २६ वर्षीया महिला र १९ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै पोखरा २३ १३ वर्षीय किशोर, पोखरा ४ का २० र ५३ वर्षीया महिला, पोखरा १५ का २१, १८,३५, ३७ र ३९ वर्षीय पुरुष,पोखरा ३१ का ३५ र ५० वर्षका पुरुष र ७२, ४५ र ४३ वर्षका पुरुष, पोखरा २७ का १८ र २५ वर्षका पुरुष, पोखरा २९ का २५ वर्षीया महिला र ४० वर्षका पुरुष र पोखरा ३३ का ४३ वर्षीया महिलामा कोरोना पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै लमजुङको बेशीसहर नगरपालिका ३ जना र तनहुँ बन्दीपुरका ३ जनामा गरी तेस्रो विज्ञप्तिमा कूल ७४ जनामा कोरोना पुष्टि भएको उल्लेख छ ।
यस्तै निर्देशनालयद्वारा जारी दोस्रो विज्ञप्तिमा प्रदेशका २ जिल्ला कास्की र तनहुँमा ५ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा- ५ का ४२ वर्षीया महिला, पोखरा-१० का ३४ वर्षीया महिला, पोखरा-१५ का २९ वर्षीय पुरुष, पोखरा-१८ का १९ वर्षीय पुरुष र पोखरा-८ का ३४ वर्षीय पुरुषको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको छ भने तनहुँको ब्यास नगरपालिका ४ का ३६ वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
यस्तै निर्देशनालयद्वारा जारी पहिलो विज्ञप्तिमा प्रदेशको ४ जिल्लाका २३ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ । जसमा, नवलपुरमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका ४ जनामा कोरोना पुष्टि भएको छ । पोखरा २० का २३ वर्षीया महिला, पोखरा ९ का २९ वर्षीय पुरुष, पोखरा १५ का २९ वर्षीय पुरुष र पोखरा १० का २० वर्षीया महिलाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै प्रदेशका अन्य जिल्लाका संक्रमितमा गोरखा अजिरकोट ३ का ३० वर्षीया महिला, बारपाक सुलिकोट ३ का ५३ वर्षीय पुरुष, बाग्लुङ तामानखोला गाउँपालिका २ का २३ वर्षीय पुरुष, बाग्लुङ नगरपालिका १०, १३ र ६ का क्रमसः १९, ५९ र ३७ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
यस्तै चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणमा तनहुँ आँबुखैरेनी ३ का ३९ वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ भने, नवलपुर गैंडाकोट नगरपालिकाका महिला पुरुष गरी ७ जना, मध्यविन्दु नगरपालिका ८ का महिला पुरुष २ जना र कावासोती नगरपालिका ३ का एक ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
पुष्टि भएका संक्रमित मध्ये पोखरा १५ का २९ पुरुष र बाग्लुङ नगरपालिकाका ३ जना पुरुष हालै मात्र भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् भने, अन्य सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।
आज गण्डकी प्रदेशमा पुष्टि भएका १०२ जना संक्रमित थपिँदा गण्डकीमा कूल कोरोना संक्रमितको संख्या ३२८० पुगेको छ ।
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी