तनहुँको आँबुखैरेनीबाट ३ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँको आँबुखैरेनीबाट ३ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

pakrau

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बाट ३ किलो २४० ग्राम अवैध गाँजासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा स्याङजा घर भएका २८ वर्षीय रोशन गुरुङ, गोरखा घर भएकी १९ वर्षीया पुजा गुरुङ, कास्की पोखरा महानगरपालिका-८ बस्ने ३९ वर्षीय सुरज विश्वकर्मा र पर्वत घर भई पोखरा सृजनाचोक बस्ने १८ वर्षीय कुशल सुनार रहेका छन् ।

ईलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ