डुम्रेका २ प्रहरीसहित थप ३ जनामा कोरोना संक्रमण पुष्टि

डुम्रेका २ प्रहरीसहित थप ३ जनामा कोरोना संक्रमण पुष्टि

Police Corona

तनहुँ । तनहुँमा ३ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्लाको बन्दिपुर गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

बन्दिपुर-४ का २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । उनि भारतीय नागरिक भएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले जानकारी दिए । उनले भने ‘३ जना मध्ये १ जनामा कोरोना पुष्टि भयो बाँकी दुई जनाको रिपोर्ट आएको छैन ।’

त्यस्तै इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेमा कार्यरत २ जना २१ र २५ वर्षीय पुरुष प्रहरीमा कोरोना पुष्टि भएको हो ।
दुवै जना भानु नगरपालिकामा भेटिएको संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

अहिले समुदायमा कोरोना संक्रमण नभएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ