पीएसजीको पहिलो जीत, नेमारमाथि दुई खेलको प्रतिबन्ध

पीएसजीको पहिलो जीत, नेमारमाथि दुई खेलको प्रतिबन्ध

neymar fight

वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पहिलो जीत निकालेको छ । नयाँ सिजनको तेस्रो खेलमा पीएसजीले पहिलो जीत हात पारेको हो । बुधबार राति भएको खेलमा पीएसजीले मेट्जलाई १–० ले हरायो । दोस्रो हाफको इन्जुरी समयमा जुलियन ड्रेक्सलरको गोलमा पीएसजीले तीन अंक बटुलेको हो ।

निलम्बनमा रहेको नेयमार र कोरोना संक्रमणका कारण एम्बाप्पेबिना खेलेको पीएसजीले कठिन जीत हात पारेको हो । खेलको ६५ औं मिनेटमा पीएसजीका अब्दु डायलो दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । ड्रेक्सलरले १० खेलाडीमा सिमित बनेको पीएसजीलाई खेलको इन्जुरी समयमा गोल गर्दै जीत दिलाएका हुन् ।

जीतसंगै पीएसजीले तालिकामा ३ अंक जोडेको छ । लिगको सुरुवाती दुई खेलमा पीएसजी पराजित भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ