काठमाडौ । ग्यापु डट कमले दशैलाई लक्षित गरि लोकल खसी, कुखुरा र हाँस होम डेलिभरि गर्ने भएको छ ।
चेन रेस्टुरेन्टमा लोकप्रिय बाजेको सेकुवा सँगको समन्वयमा जिउँदै, खुइल्याएको र काटेर टुक्रा गरि उपभोक्ताको मागअनुसार होम डेलिभरी गर्ने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए ।
साथै ग्यापुले दशैंमा पचास लाख बढीको उपहार, क्यास ब्याक, छुट र बम्पर अफर ल्याउने खड्काको दाबी छ ।
‘अधिकाशं मानिसहरु खसी किन्दा रङ, सिङ हेरेर र तौल जोखेर लिने गर्छन्,’ उनले भने, ‘हामी यो कुरालाई पनि सहज बनाउँदै छौँ, सामाजिक सञ्जाल मार्फत भिडियो कल गरेर उपभोक्तालाई देखाएर रोजेको खसी डेलिभरी गर्दैछौं ।’
दशैंमा उपत्यकामा तीन हजार खसी बेच्ने उदेश्यले ग्यापुले खसीको प्रि-बुकिङ पनि सुरु गरिसकेको छ । उपभोक्ताले अहिलेनै खसि घरमै लगेर पाल्ने भए पनि होम डेलिभरी गरिने खड्काले बताए ।
होम डेलिभरी सेवा भरपर्दो भएकोले समन्वय गरि काम गरेको बाजेको सेकुवाका संचालक चेतन भन्डारी बताउँछन्।
ग्राहकले सामान खरिद गर्दा फोनपे, कनेक्ट आइपिएस, सेल पे, इ–सेवा, खल्ती, आइएमइ पे, प्रभु पेबाट भुक्तानी गर्न सक्छन् भने डेलिभरिकै बेला विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुविधा समेत उपलब्ध छ ।
साथै ग्राहकले डेलिभरीको समयमा नगद पनि दिन सक्नेछन् ।
लकडाउनकै अवधीमा स्थापना भई आक्रमक व्यापार गरिरहेको ग्यापुले छोटो समयमै चार दर्जन बढीलाई रोजगार दिन सफल भएको छ ।
ग्यापुले विभिन्न कम्पनी र ठुला सप्लायर्ससंग सहकार्य गरेर उपत्यकाभित्र सेवा दिइ रहेको छ ।
सामान बिक्री भएको ३ देखी ५ दिन भित्रै भेन्डरलाई भुक्तानी दिने बताउँदै खड्काले निशुल्क सामान डेलिभरी गरिने बताए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते