चाडपर्वको मुखमा भारतले रोक्यो प्याज, नेपालमा ह्वात्तै बढ्यो मूल्य

चाडपर्वको मुखमा भारतले रोक्यो प्याज, नेपालमा ह्वात्तै बढ्यो मूल्य

onion

काठमाडौं- भारत सरकारले प्याजको निर्यात रोकेपछि नेपाली बजारमा प्याजको मूल्य एक सातामै दोब्बर भएको छ । भारत सरकारले निर्यात रोकेपछि बजारमा अभाव हुने आशंकाले व्यापारीले प्याज लुकाउने तथा उपभोक्ताले अनावश्यक सञ्चित गर्न थालेपछि प्याजको मूल्य आकाशिएको हो ।

एक साताअघि प्रतिकेजी ४० रुपैयाँ रहेको प्याजको मूल्य बढेर अहिले एक सय रुपैयाँसम्म पुगेको छ । बजारमा अहिले प्याजको अभावसमेत हुन थालेको पाइएको छ । भारतले प्याज निर्यात रोकेको भन्सार विभागले जानकारी दिएको छ ।

भारतबाट २९ भदौदेखि प्याज नआएकाले नेपालमा अभाव भएको व्यापारीहरू बताउँछन् । भारतबाट प्याज आउन छोडेपछि मूल्य बढ्न गएको व्यवसायीले जानकारी दिएका छ । यसअघि सन् २०१९ मा पनि भारत सरकारले प्याजको निर्यात बन्द गरेको थियो । उत्पादन कम भएपछि भारतले प्याज निर्यातमा रोक्ने गर्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds