सरकारले सङ्कटका बेलामा समेत विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित गरी आगामी चैत महिनाभित्र चालू शैक्षिक सत्र समापन गरिने जनाएको छ । आगामी सात महिनाभित्र विद्यार्थीले सिक्नुपर्ने न्यूनतम कुरा सुनिश्चित गरेर शैक्षिक सत्र समापन गर्ने र त्यसका आधारमा विद्यार्थीलाई कक्षोन्नति गर्ने योजना कार्यान्वयन गर्न सरकार अगाडि बढिरहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मङ्गलबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा विद्यालय नखुले पनि विद्यार्थीको सिकाइ अवरुद्ध नहुने बताए ।
उनले अहिलेको शैक्षिक सत्र चैत महिनामा पूरा गर्नेगरी सरकार अगाडि बढेको जानकारी दिए । कक्षा कोठाको पठनपाठन अवरुद्ध भए पनि वैकल्पिक विधिलाई नै अबको मूलधारको शिक्षा मान्ने घोषणा सरकारले गरिसकेको छ ।
मन्त्री पोखरेलले पाठ्यवस्तु समायोजन ढाँचा–२०७७ स्वीकृत गरिएको जानकारी दिए । सात महिनाको अवधिमा विद्यार्थीले सिक्नुपर्ने न्यूनतम कुरा सुनिश्चित गरी पाठ्यवस्तु समायोजन ढाँचा स्वीकृत गरिएको हो ।
स्वीकृत ढाँचा अब छिट्टै विद्यालय तथा शिक्षक समक्ष पु¥याइने जनाइएको छ । शैक्षिक सत्रको समय घटेको अवस्थामा छोटो समयमा कसरी विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित गर्ने भन्ने मुख्य उद्देश्यले नै पाठ्यवस्तु समायोजन ढाँचा तयार पारिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण