पोखरा – बुधबार बिहान पोखराका २८ सहित कास्कीका २९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको बिहानको पहिलो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिकाका ९ वटा वडामा २८ र कास्कीको रुपा गाउँपालिकाका १ जना गरी कास्कीमा कूल २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा ८ का ४२ र ४१ वर्षीय पुरुष र ४० वर्षीया महिला, पोखरा ५ का २२ वर्षीय पुरुष, पोखरा ११ का १६, १०, २९, ५७ वर्षीय पुरुष सहित २४ वर्षीया महिला, पोखरा २७ का ३३, २३, ३४ र २८ वर्षीय पुरुष र पोखरा ४ का ४७, २४, २७, २९, २३, २५, २६ र २८ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै पोखरा १५ का ४० वर्षीय दुई जना पुरुष, पोखरा १० का १८ वर्षीया महिला र ९ वर्षीय बालक, पोखरा ९ का ४४ वर्षीय पुरुष, पोखरा १ का २५ वर्षीया महिला, पोखरा ६ का २१ वर्षीय पुरुष र रुपा गाउँपालिका १ का २७ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।
आज पुष्टि भएका संक्रमित मध्ये पोखरा ४ का ८ जना पुरुष नेपाल प्रहरीमा कार्यरत, पोखरा १५ का ४० वर्षीय दुई जना पुरुष, पोखरा २७ का २८ वर्षीय पुरुष र पोखरा ६ का २१ वर्षीय पुरुष हालै मात्र भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् । भने, पोखरा १ का २५ वर्षीया महिला पृथ्बीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी रहेको बुझिएको छ ।
यस्तै कास्कीको रुपा गाउँपालिकाका २७ वर्षीय पुरुष हालै इलामबाट आएर क्वारेन्टाइनमा बसेका पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो