कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु

corona death

नेपालमा कोरोना भाइरस (कोभिड-९) बाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

काठमाडौंमा एक महिला र ३ पुरुष गरी ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौंमा ८६ वर्षीया महिला तथा ३४, ९६ र ६६ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

यस्तै सिराहामा ३५ वर्षीया, बारामा ५५ वर्षीया र रुपन्देहीमा ६४ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यसैगरी सर्लाहीमा ६४ वर्षीय, बारामा ५५ वर्षीय, मकवानपुरमा ६१ वर्षीय र कपिलवस्तुमा ५८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds