सानु दहितको नाममा फेसबुक आइडी, प्रोफाइलमा सुन्दर युवतीको तस्विर । फेसबुकमा जोडिए नवलपरासीका युवा । च्याटमा गफ शुरु भयो । यो क्रम निरन्तर चलिनै रह्यो । फेसबुक हुदै मोबाईल फोनमा पनि निरन्तर कुरा हुन थाल्यो । केटीप्रति केटाको लगाव बढ्दै गयो । केटाले भिडियो कल गरौं भन्दा केटीले आनाकानी गर्दै टारिरहिन् ।
दुई सन्तानकी आमा । उमेरले ३३ लागेकी । उनी फेसबुकको प्रोफाइलमा रहेको फोटोजस्तो सुन्दर थिइनन् । फोनमा भेट्ने कुरा भयो । केटीले पोखरामा पनि आफ्नो घर रहेको बताइन् । नेपालगन्जमा व्यापार व्यवसाय गरेको फूर्ती लगाइरहिन् । केटा अझ आकर्षित हुँदै गए । भेट्ने कर गर्न थाले । केटी पनि राजी भइन् र भनिन्, ‘म आफ्नै गाडीमा पोखराको घरमा जाने तयारीमा छु । त्यही बेलामा बाटोमा भेटौला र पोखरासँगै जाम्ला ।’
फेसबुके प्रेमीसँग रोमान्स गर्ने सपना देखेका केटाले छिटो आउन कर गरिरहे । यो या त्यो बहानामा महिलाले टारिरहिन् । यही क्रम चलिरहेको थियो । केटाको धैर्यताको बाँध टुटिसकेको थियो । उनले नेपालगन्ज भएपनि भेट्न आउने बताएपछि एक दिन केटी नेपालगन्जबाट हिडेको बताइन् । उनले चन्द्रौटामा पुगेपछि पैसा, गहना, मोबाइल चोरी भएको र आफू अपहरणमा परेको नवलपरासीका केटालाई बताइन् । प्रहरीलाई फोन गरिन्, ‘म शौचालयमा छु । चार जनाले मलाई अपहरण गरेका छन् । अर्को ठाउँमा लैजाने कुरा गर्दैछन् । मलाई उद्दार गर्नु पर्यो ।’
घटना यही भदौ २६ गतेको हो । युवती अपहरणमा परेको बाँके प्रहरी, प्रदेशका डीआइजी हुँदै कुरा हेडक्वाटरसम्म पुग्यो । जिल्ला र प्रदेशमात्रै होइन, पुरै हेडक्वाटर नै परिचालन भयो । फोनको लोकेसन ट्राकिङ गर्दा नेपालगञ्ज नै देखाइरहेको थियो । यसले प्रहरीलाई अझ तनाब बढ्यो । प्रहरीले भोलिपल्ट २७ गते नेपालगन्जको फूल्टेक्रामा उनलाई आफ्नै डेरामा भेटायो ।
बर्दियाबाट नेपालगञ्ज आएर फुल्टेक्रा स्थित शान्ति चौधरीको घरमा डेरमा बसेकी ३३ वर्षकी आशिक कुमारी चौधरीले रचेको नाटक हो यो । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ मैनवा बस्ने उनको शिक्षा साधरण लेखपढ हो । उनको यो नाटकले बाँके प्रहरी, प्रदेश डिआइजी हुँदै प्रहरी हेडक्वार्टरसम्मले सास्ती भोग्नु पर्यो ।
बाँके प्रहरीले फेला पारेको आशिकलाई केरकार गर्दा उनले केटाले भेट्न कर गरेपछि आफूले नाटक रचेको बताइन । आशिकले अरुकै तस्विर राखेर फेसबुक आइडी बनाएको र त्यही फेसबुकको प्रोफाईलमा रहेको युवतीप्रति आकर्षित भएका नवलपरासीका युवाबाट बच्न यस्तो नाटक गरेको तथ्य खुल्यो । उनले यस्तो नाटक रच्नुको पछाडि फेसबुकको प्रोफाईलमा रहेको युवती र उनी फरक थिइन् । श्रीमानसँगै बस्दै आएकी आशिकको यो नाटकबारे उनका श्रीमान् बेखबर थिए । जब प्रहरीले आशिकलाई नियन्त्रणमा लिएर गयो बल्ल उनले थाहा पाए ।
बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले आईतबार पत्रकार सम्मेलन गरेर यो घटना बाहिर ल्याएका हुन् । उनीमाथि प्रहरीले झुठो मुद्दा र गलत सूचना प्रवाह गरेको आरोपमा कारबाही प्रक्रिया अघि बढाएको छ । प्रहरी प्रमुख एसपी रानाले ‘अनुसन्धानका क्रममा ती महिलाले फेसबुकमा साथी बनाई रोमान्स गर्नका लागि नाटक गरेको भनि स्वीकार गरेको र ती युवाले भेटघाट गर्नु पर्ने बाध्यता पारेपछि आफू अपहरणमा परेको नाटक गरेको आशिक कुमारी चौधरीले खुलाएको बताए ।
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी