तनहुँ । तनहुँको डुम्रेमा फुड बैंकको स्थापना गरिएको छ । स्थानीय युनिटी ग्रुपमा आवद्ध युवाहरुले ‘हुनेले दिएर जानुहोस नहुनेले लिएर जानुहोस् भन्दै’ उक्त फुड बैंक सञ्चालनमा ल्याएको हो ।
स्थानीय युवाहरू, विदेशमा रहेका लगायत अन्य सहयोगी दाताहरुबाट सहयोग जुटाउदै फुड बैंकको सुरुवात गरिएको युनिटी ग्रुपका संयोजक विक्रम गुरुङले बताए ।
कोभिड १९ का कारण लामो समयदेखि रोजगारी गुमाएका व्यक्तिहरू अपाङ्ग, अशक्त वृद्धवृद्धा व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यका साथ फुड बैंकको अवधारणा अगाडि सारेको गुरुङले बताए ।

फुड बैंकले प्रति व्यक्ति सहयोगको रूपमा चामल साढे ४ केजी ग्राम, नुन १ पोका र सोयाबिन १ पोका दिने संयोजक गुरुङले बताए ।
बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह थापाले आज एक कार्यक्रमकाबीच उक्त फूड बैंकको शुभरम्भ गरेका थिए ।
सो अवसरमा अध्यक्ष थापाले युवाहरूको समूहले फुड बैंकको स्थापना गरेकोमा खुसी हुँदै प्रक्रियागत ढंगले अगाडी बढे गाउँपालिकाले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

अब संसार परिवर्तन विचारले मात्र होइन दिमागले गर्नुपर्ने र सम्पूर्ण युवाले यस्तै रचनात्मक काम तिर अगाडि बढ्दै सरकार र देशलाई नै राम्रो सन्देश दिनुपर्ने अध्यक्ष थापाले बताए ।
उनले भने ‘कोरोना भाइरसबाट आफु पनि बच्न र अरुलाई पनि बचाउने उपायहरुको पालना सबैले गर्नुपर्छ ।’

कार्यक्रममा बन्दिपुर गाउँपालिका वडा अध्यक्ष वडा नं १ का वडा अध्यक्ष भानुभक्त पोखरेल, तनहुँ उद्योग वाणिज्य संघ जिल्ला सदस्य सुनिल श्रेष्ठ, डुम्रे इकाई सभापति नेक महम्मद मिया, डुम्रे टोल विकास संस्थाका अध्यक्ष भगवान श्रेष्ठ खहरे बिरुवा टोल विकास संस्थाका अध्यक्ष राजु खड्गी लगाएतले उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ