पोखराको मनिपाल अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजारका ७० वर्षीय पुरुषको मृत्यु भएको हो । उनको गएराति सवा ११ बजे उपचारकै क्रममा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
भदौ २५ गते अस्पताल भर्ना भएका उनमा २८ गते कोरोना पुष्टि भएको थियो । स्वाब परीक्षणपश्चात पोजिटिभ नतिजा आएपछि उनको आइशोलेसनमा उपचार भइरहेको थियो । नेपाली सेनाको टोलीले शव व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको बुझिएको छ ।
योसहित पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । कास्की जिल्लाभर १० जनाको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिकाका एक र मादी गाउँपालिकाका एक जनाको ज्यान गएको छ ।
गण्डकी प्रदेशमा मृतकको संख्या ३१ पुगेको छ । मृत्यु हुनेमा कास्कीका १०, गोरखाका ६, नवलपुरका ५, तनहुँका ४, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १, १ जना छन् ।
सम्बन्धित खबर
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते