फेरि थपिए गण्डकीमा ४ कोरोना संक्रमित, पोखरामा पुनः २ जना थप

फेरि थपिए गण्डकीमा ४ कोरोना संक्रमित, पोखरामा पुनः २ जना थप

Pokhara ward 10 15

तस्वीरः सुदर्शन रञ्जित

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३११६ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको दोस्रो अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ४ जना संक्रमित पुष्टि भएको छ ।

पोखराकै २ जना थपिएका छन् । अघिल्लो विवरणसहित पोखरामा ५ जना पुगेका छन् ।  पोखरा वडा नंं १० का एक पुरुष र वडा नं. ३५ की एक महिलामा पुष्टि भएको छ ।

अध्यावधिक विवरण अनुसार गोरखा र स्याङ्जाका एक एक जनामा पोजिटिभ देखिएको छ । गोरखा गाउँपालिकाका २० वर्षीय पुरुष र स्याङ्जा गल्याङका ३३ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds