पोखराको मेट्रोसिटी अस्पतालकी सफाई कर्मचारीलाई कोरोना

पोखराको मेट्रोसिटी अस्पतालकी सफाई कर्मचारीलाई कोरोना

Metrocity-Hospitaljpg

पोखराको सिर्जनाचोक स्थित मेट्रोसिटी अस्पतालमा कार्यरत ३२ वर्षीया सफाई कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार क्षेत्रीय स्वास्थ्य निर्देशनालय गण्डकीले विज्ञप्ती जारी गर्दै उनीसहित पोखराका ३ जनामा कोरोना संक्रमण भएको जनाएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १ का ४५ वर्षीय तथा १४ का १८ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । दुवै जना नमुना परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए ।

यसअघि हिजो अहिलेसम्मकै सर्वाधिक धेरै ५० जना पोखराबासीमा संक्रमण देखिएको थियो । आज सबैभन्दा बढी नवलपरासी (ब.सु.पू) का २० जनालाई संक्रमण पुष्टि भएको छ । आज पोखराका ३ जना सहित गण्डकी प्रदेशमा थप ४७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ