तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौलीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबले आफ्नो स्व.सहसचिव सचिन कुमार श्रेष्ठको सम्झानामा १८औं जिल्ला तथा सातौं राष्ट्रव्यापी सचिन स्मृति रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
कोरोनाका कारण जोखिमको समयमा रगत आवश्यक परेको हुँदा रक्तदान कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ ।
उक्त रक्तदान कार्यक्रममा १५ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक अनुज बिमलीले बताए ।
कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए ।
सो अवसरमा प्रमुख न्यौपानेले मृगौलाको समस्या भएका व्यक्ति रक्तदानले कार्यक्रमले ठुलो सहयोग पुग्ने बताए ।
उनलेे भने ‘कोरोनाको कारण जोखिम परिस्थितिमा रगतको महत्त्व अति नै हुने हुँदा धेरैको ज्यान जोगाउन सहयोग हुनेछ ।’
उक्त कार्यक्रममा रक्तसंचार केन्द्र दमौली अस्पतालको प्राविधिक सहयोग रहेकोे थियो ।
कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा स्वागत क्लबका निर्वतमान अध्यक्ष मनोज राउत र संचालन क्लबका सचिव विश्वप्रकाश भुषालले गरेका थिए ।
सम्बन्धित खबर
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
तनहुँमा श्रीमानले गरे बन्चरो प्रहार गरी श्रीमतीको हत्या
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते