भारतले प्याज निर्यातमा रोक लगायो, नेपालमा मूल्य आकासिने सम्भावना

भारतले प्याज निर्यातमा रोक लगायो, नेपालमा मूल्य आकासिने सम्भावना

onion-pyaj

काठमाण्डौ – भारत सरकारले प्याज निर्यातमा रोक लगाएको छ। वाणिज्य तथा उद्योग मन्त्रालयले एक सूचना जारी गरेर पाउडरबाहेक ताजा प्याज निर्यात गर्न रोक लगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन। सरकारको यो निर्णय तत्काल लागू भएको बीबीसी हिन्दीले जनाएको छ।

सरकारले घरेलु माग पूरा गर्न र प्याजको मूल्य कम गर्न यस्तो कदम उठाएको हो। अहिले दिल्लीमा प्याज ३५ देखि ४० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ। गएको डिसेम्बेरमा प्याजको मूल्य प्रतिकिलो १६० रुपैयाँसम्म पुगेको थियो।

भारतले देशभित्र आपूर्ति व्यवस्था प्रभावकारी बनाउन प्याज निर्यातमा प्रतिबन्ध लगाएसंगै यसले प्याजको नेपाली बजार झनै अकासिने सम्भावना बढेको छ। नेपालमा खपत हुने ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ। बेला बेला परिवर्तन भइरहने भारतको यस्तो नीतिले नेपाली बजारलाई प्रभावित गर्दै आएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds