भान्सामा दैनिक रुपमा प्याज प्रयोग हुन्छ। कतिपयले तरकारी–अचारमा प्याज हाल्छन् त कतिले सलादको रुपमा काँचै खान मन पराउँछन्।
खासमा प्याज काँचै खानु बढी फाइदाजनक हुन्छ। काँचो प्याजले कैयौं मौसमी बिरामीबाट बचाउन सहयोग पुग्छ। साथै तपाईंको सुन्दरतामा पनि काँचो प्याजले निखारता ल्याउँछ।
यस्ता छन् काँचो प्याजका खास ५ फाइदा
१) लूबाट बच्न पनि प्याज अचूक औषधि हो। गर्मीमा लामो यात्रामा निस्किनु छ भने सलादको रुपमा खानासँग काँचो प्याज अवश्य खानुस्। यसले शरीरमा पानीको कमी हुनबाट पनि बचाउँछ।
२) काँचो प्याज अनुहारका लागि पनि उपयोगी हुन्छ। काँचो प्याज लगाउने हो भने केही समयमै अनुहारको दाग हटेर जान्छ। साथै काँचो प्याजको सेवनले शरीरमा ब्लड सर्कुलेसन बढाउँछ र शरीरमा भएको ड्यामेज सेल रिपेयर गर्न मद्दत पुग्छ।
३) प्याजमा पाइने फस्फोरस, म्याग्नेसियम, पोटासियम र भिटामिन सी ले हाम्रो शरीरलाई निरोगी बनाउन मद्दत पुग्छ। दिउँसोको खानाको साथमा सलादको रुपमा काँचो प्याज खाँदा पाचन शक्तिमा सहयोग पुग्छ।
४) दिउँसोको खानाको साथमा काँचो प्याज नियमित खाने गर्नाले रगतमा सुगरको मात्रा बढ्न दिँदैन। यसले शरीरमा क्यान्सरजस्तोे घातक रोगका लागि सेलको विकास हुनबाट रोक्छ।
५) काँचो प्याजले एन्टिब्याक्टेरियाको पनि काम गर्छ। यसले हाम्रो शरीरमा ब्याक्टेरिया र भाइरसलाई बढ्न दिँदैन। साथै रुघा लाग्नबाट पनि हामीलाई बचाउँछ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो